Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Sunday, August 14, 2011

प्रधानमन्त्री खनालको उपलब्धिहिन कार्यकाल

-राजन घिमिरे
शपथ ग्रहण गरेको महिना दिन पछि आईतवार राती राष्ट्रपति कार्यालयमा राष्ट्रपती रामवरण यादवलाई प्रधानमन्त्री झलनाथ खनालले राजीनामा बुझाएका छन् उनले जुन रुपमा कार्यभार पुरा गर्ने उद्देश्यले प्रधानमन्त्री बनेका थिए त्यो कार्यभार पुरा नगरि प्रधानमन्त्री पदवाट राजीनामा गरेका हुन् अव अर्को मन्त्रीमण्डल गठन नभएसम्मको लागि झलनाथ नेतृत्वको मन्त्रीपरिषदले कार्य संचालन गर्नेछ
प्रधानमन्त्री झलनाथ खनालको ६ महिनाको कार्यकाल केही उपलब्धि हासिल गर्न नसकि नै बित्यो । माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका झलनाथ खनालले प्रधानमन्त्रीहरुको फोटोमा अर्को एउटा फोटो थप्ने भन्दा केहि उपलब्धिपूर्ण काम गर्न सकेनन् । उनको कार्यकालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महत्व राख्ने कुनै खास काम भएन । आफ्नै पार्टी र विपक्षी पार्टीहरुवाट आलोचना खेप्दै आएका प्रधानमन्त्री खनालले केही समयअघि माओवादी र मधेशी जनअधिकार फोरमका केही मन्त्रीलाई सफतग्रहण गराएपछि त उनलाई पार्टीमा कारवाही गर्ने चर्चा नै चल्यो । उनले यो आलोचना खेप्न नसकि प्रधानमन्त्रीबाट राजीनामा दिएपछि आफ्नो पार्टीको बैठकमा उपस्थित हुने समेत निर्णय समेत गरे र अन्त्यमा आफूलाई समर्थन गरेको माओवादीले नै पूर्ण रुपमा सहयोग नगर्नु पनि खनालको राजीनामाको अर्को कारण

Sunday, August 7, 2011

नेपालद्धानरा पपुवा न्यूगिनी पराजीत

नेपालले पपुवा न्यूगिनी लाई २८ रनले हराउँदै आफु विश्वकप खेल्ने पाँचौ पल्ट पक्का गरेको नेपाल पपुवा न्यूगिनी विच भएको गेममा नेपालले टस जितेर पहिला व्याटिङ्ग गरेको थियो नेपालका ब्याट्सम्यानको अर्धसतकको मद्दतले नेपालले आफ्नो यु १९ विश्वकप छनोट चरणको खेलमा सबैभन्दा बढि रन बनाउन सफल भएका थिए नेपालको तर्फवाट सर्वाधिक रन बनाएका राजेश पुलामीले शतक बनाउनबाट रनले चुकेका थिए नेपाल १२ अंकसहित तालिकाको दोस्रो स्थानमा भने स्कटल्यान्ड १४ अंकसहित पहिलो स्थानमा रहेको नेपालले खेलेका खेलमध्ये वटा खेलमा जित दर्ता गराउन सफल भएको भने स्कटल्यान्ड क्यानडासँग हार व्यहोरेको थियो यस अघिका चारवटा खेलमा नेपालले यु १९ विश्वकप छनोट चरणको खेलमा स्थान पक्का गर्न सफल भएपनि यसभन्दा पहिला भने विश्वकप छनोट चरणमा स्थान बनाउन असफल हरेको थियो अवको खेल नेपालले मंगलबार अमेरीकासंग खेल्नेछ