Monday, June 19, 2017

उत्कृष्ट प्लस टु

१. प्रसादी एकेडेमी उच्च मावि (मानभवन, ललितपुर)
सिट संख्याः ७ सय जना
साइन्सः ४ सय ५० जना (भर्ना शुल्कः १४९५०)
व्यवस्थापनः २ सय ५० जना (भर्ना शुल्कः १४९५०)
मासिक शुल्कः साइन्सः ४५५०, व्यवस्थापनः ४५५०
एकतले ससाना भवनमा करिब ४८ जना विद्यार्थी अट्ने टिनले छाएका  भवनमध्ये बनिसकेका र केही बन्दै छन् । यहाँ ब्यानर, बोर्ड वा भित्तेलेखन पनि देखिँदैन । हेर्दा त्यस्तो अकर्षक नलाग्ने प्रसादी एकेडेमी यो भौतिक संरचनाभित्रको शैक्षिक नतिजाको भव्यता भने ठ्याक्कै उल्टो छ । पछिल्ला केही वर्षमा उसले उत्कृष्टताको नमुना प्रस्तुत गरिरहेको छ । विद्यार्थी उत्तीर्ण दरमा ९८ प्रतिशतभन्दा कहिल्यै झरेको छैन ।सञ्चालक विक्रम राई भन्छन् 'यहाँ विद्यार्थीलाई पढाउने होइन, कसरी पढ्ने भनेर सिकाइन्छ । यही कारण नतिजामा लगातार सफलता मिलेको हो । विद्यार्थीलाई पढ्नुपर्छ भन्ने भावना आफै जगाउन सके विद्यार्थीको भविष्य उज्जवल हुन्छ । उच्च नतिजाको लागि प्रसादीले शिक्षक, कर्मचारीलाई निश्चित पद्धतिमा बाँधिदिएको छ, जस अन्तर्गत रहेर खटिँदा त्यसको प्रभाव विद्यार्थीको पढाइमा परेको छ । विद्यार्थीको आनीबानी र सबल/निर्बल पक्ष केलाउन छुट्टै परामर्श टोली छ । शिक्षकलाई लामो/छोटो अवधिका तालिमको व्यवस्था छ । यसका व्यवस्थापक विक्रम राइ रातदिन निगरानीमा रहन्छन् । उनि प्रत्येक दिन कक्षाकोठामा पुग्छन् पढाइ नियाल्छन् । विद्यालय र क्याम्पस तहका कुनै कार्यक्रम प्रसादीसँग छैनन् । एकल व्यवस्थापन र एक कार्यक्रमको ढाँचामा सञ्चालित प्रसादीमा उच्च माविको कार्यक्रम मात्र रहेको छ । विज्ञान र व्यवस्थापन अध्यापन मात्र हुने प्रसादीले विद्यार्थी भर्नादरमा पनि खासै परिवर्तन गरेको छैन । पछिल्लो वर्ष कक्षा ११ मा ६ सय १४ विद्यार्थीले यस उच्च माविबाट नियमित परीक्षामा भाग लिएका थिए । तीमध्ये ९८.२१ प्रतिशत उत्तीर्ण भएका थिए । कक्षा १२ को नतिजा पनि यस्तै छ । यी र यस्तै कारणले प्रसादी १ नम्वरमा टिक्न सफल भएको छ ।
२. सेन्ट जेभियर्स कलेज (माइतीघर, काठमाडौँ)
सिट संख्याः ५ सय ७ जना
सेक्युरिटि डिपोजिट शुल्कः ८७५००कलेजको आफ्नै भवन तथा पोसाक छैन, विद्यार्थीले रोजेको पोसाकमा कलेज जान पाउँछन् । शिक्षकले विषयवस्तु विद्यार्थीमाझ राख्छन् नोट लेखाएर पढाउने सिस्टम छैन । विद्यार्थीले गरेको शोधका नतिजा विद्यार्थीले सबैसामु राख्नुपर्छ । यसबारे विद्यार्थीले नै छलफल गर्ने प्रचलन छ । यसबारे विद्यार्थीले तर्कवितर्क पनि गर्छन् नोट बेस्ड होइन, कन्सेप्ट बेस्ड भएर पढाउनुपर्छ भन्ने कलेजको सिद्वान्त छ । नेपाल जेसुइट सोसाइटीद्वारा स्थापित यस कलेज पहिले त्रिभुवन विश्वविद्यालय अन्तर्गत थियो । पछि यसले उच्च माध्यमिक शिक्षा परिषद्को सम्बन्धन लिएर पढाइ संचालन गरिरहेको छ । यहाँ हुने हरेक एक्ट्रा क्रियाकलाप विद्यार्थीकै संयोजनकत्वमा हुने गर्दछन् । एक्ट्रा क्रियाकलापका लागि समूह र क्लवहरू गठन गरिएका छन् ।

३. सेन्ट मेरिज उच्च मावि (जावलाखेल, ललितपुर)
सिट संख्याः २ सय १५ जना
साइन्सः ९० जना (भर्ना शुल्कः नखुलेको)
व्यवस्थापनः ९० जना (भर्ना शुल्कः नखुलेको)
मानविकीः ३५ जना (भर्ना शुल्कः नखुलेको)
मासिक शुल्कः नखुलेको
जावलाखेलमा अवस्थित रहेको यस सेन्ट मेरिज उच्च मा.वि.ले छात्राहरूलाइ मात्र अध्यापन गराउँछ । यस उच्च माविले आफ्नो आधारभूत मान्यता तय गरेको छ,  'प्रतिस्पर्धामा विजेता मात्र होइन, असल विजेता बन्नुपर्छ' । यसले विद्यार्थीमा प्रतिस्पर्धाको भावना त जगाउँछ नै, त्यसमा पवित्रता र नैतिकताको समेत आग्रह गर्छ । यहाँ किताब पढ्नु मात्रै ज्ञान होइन, विद्यार्थीमा मानवीय मूल्य र सामाजिक उत्तरदायित्वका भाव पैदा गराइदिनु ठूलो विद्या हो भन्ने मान्यताका साथ पढाइन्छ । यहाँ पारिवारिक वातावरण,  चुस्त प्रशासन, लगनशिल शिक्षकहरू यसका विशेषताहरू नै हुन् । विद्यार्थीलाई सकेसम्म स्वतन्त्र ढंगले चिन्तन र मनन गर्ने वातावरण निर्माण गर्न शिक्षकलाई प्रेरित गराइएको छ । यहाँ हुने हरेक शैक्षणिक गतिविधिमा शिक्षक सहयोगीको रूपमा मात्र देखा पर्छन । यस उच्च मा.वि.मा पढाइलाई बोझका रूपमा होइन रमाइलोका लिने गरिएको छ । यहँ विद्यार्थीलइ दण्ड दिए अपराध सरह मानिन्छ । । शिक्षकविद्यार्थीको सम्बन्ध प्रेमपूर्ण रहेको छ ।


४. सैनिक आवासीय महाविद्यालय (सल्लाघारी, भक्तपुर)
साइन्सः ३ सय ६० जना (भर्ना शुल्कः २१४१४/१९६७३ छात्र/छात्रा)
व्यवस्थापनः १ सय ६० जना (भर्ना शुल्कः १८५५५/१६८३७ छात्र/छात्रा)
मानविकिः १ सय ४० जना (भर्ना शुल्कः १८५५५/१६८३७ छात्र/छात्रा)
मासिक शुल्कः साइन्सः १३८६३ (होस्टल सहित), ५७६३
मानविकि तथा व्यवस्थापनः १३७८० (होस्टल सहित), ५६८०

६० प्रतिशत सैनिक परिवार तथा अन्य ४० प्रतिशत गैर सैनिक परिवारले अध्ययन गर्ने यस महाविद्यालयमा अन्य उच्च मा.वि.ले जस्तो विद्यार्थी छानेर भर्ना गर्ने छुट छैन । नेपाली सेनाको कल्याणकारी कोषद्वारा सञ्चालित यस महाविद्यालय विगत वर्षदेखि उत्कुष्ट उच्च माविको सूचीमा रहेको हो । लिखित, मौखिक परीक्षा र कक्षा कोठामा उसको प्रस्तुतिका आधारमा नै शिक्षक छनोट गरिन्छ यहाँ । विद्यार्थीलाई परीक्षाप्रति तयार बनाउन समूहसमूह बनाएर छलफल गराउने, कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था गर्ने र विद्यार्थीको निरन्तर मूल्यांकन गर्ने परिपाटी बसालेकाले राम्रो नतिजा हासिल गर्न सम्भव भएको प्राचार्य शमीम अनवर शमीम बताउँछन् ।
अभिभावक नियमित भेटघाट सुझाव संकलन गर्न शनिबार अभिभावक भेला बोलाउने गरिन्छ । अभिभाव भेलामा शिक्षकसँग छलफल गरिने गरिन्छ । प्राज्ञिक रूपमा मात्र नभई विद्यार्थीको रुचि र क्षमता अनुसार भविष्यमा जुनसुकै क्षेत्रमा पुग्न सक्ने गरी सक्षम नागरिक तयार गर्न प्रयत्नशील रहेको बताउँछन्, महाविद्यालयमा सम्पर्क अधिकृत नेपाली सेनाका कर्णेल जीवन थापा रहेका छन् । उनका अनुसार अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्त्व दिइन्छ
५. ग्लोबल कलेज अफ म्यानेजमेन्ट (बानेश्वर, काठमाडौँ)
सिट संख्याः ८ सय
भर्ना शुल्कः १५०००
मासिक शुल्कः ७०००
अन्य शुल्कः ५५०००
यस कलेजमा मनोवैज्ञानिक परामर्शका माध्यमबाट विद्यार्थीको मनोवृत्तिमा परिवर्तन ल्याइन्छ । मनोविमर्शकर्ता महिला मात्र छन् । कतिपयलाई निष्कासितसमेत गथ्र्यौं । शिक्षकमा प्राज्ञिक गुणस्तर कायम गर्न प्रतिभावान् शिक्षक छनोट गरेर मात्र पुग्दैन, उनीहरूको वृत्तिविकासलाई समेत ध्यान दिनुपर्ने मान्यता कलेजको रहेको प्राचार्य ओझाको कथन छ । उनका अनुसार कलेजमा विषयवस्तुसँग सम्बन्धित नियमित हाजिरीजवाफ, प्रस्तुतीकरण र रचनात्मक प्रतियोगिताहरू आयोजना गरिन्छन्, जसले विद्यार्थीमा प्रतिस्पर्धाको भावना जागृत गराउनुका साथै विषयवस्तुको ज्ञान र बोधलाई पनि अमिट बनाइदिन्छ ।
कुनै व्यक्तिविशेषको स्वामित्व नहुने पब्लिक लिमिटेड कम्पनीको यो मोडल शैक्षिक क्षेत्रमा उपयोगी र प्रभावकारी रहेको विभिन्न निकायका अनुगमनले देखाएका छन् । विश्वविद्यालय अनुदान आयोगले समेत शैक्षिक संस्थाहरू यो मोडलबाट सञ्चालित हुनुपर्ने सुझाव समेटेर यही कलेजलाई उदाहरणका रूपमा पेस गरेको छ,
६. काठमाडौँ मोडल उच्च मावि (बागबजार, काठमाडौँ)
साइन्सः १ हजार ४ सय जना (भर्ना शुल्कः ४२५००)
व्यवस्थापनः १ हजार ४ सय (भर्ना शुल्कः ३२५००)
मासिक शुल्कः ५२०० साइन्स, ३५०० म्यानेजमेन्ट

७. जेभियर एकेडेमी उच्च मावि (लाजिम्पाट, काठमाडौँ)
साइन्सः २ सय जना (भर्ना शुल्कः २००००)
व्यवस्थापनः १ सय ४० नाम (भर्ना शुल्कः २००००)
मासिक शुल्कः ७००० साइन्स, ६००० म्यानेजमेन्ट
अन्यः शुल्कः ४३०००



No comments:

Post a Comment