Sunday, July 16, 2017

यू १९ वल्डकप छनोटको पहिलो खेलमा नेपालद्वारा सिंगापुर ४ विकेटले पराजित

अण्डर १९ वल्डकप छनाैट चरणका गेमहरू खेल्न सिंगापुर गएको नेपाली युवा टोलिले अाफ्नो पहिले गेममा 
सिंगापुर विरूद्व ४ विकेटको जित हात पारेको छ ।
नेपालले टस जितेर सिंगापुरलाइ व्याटिङ्को निम्तो दिएको थिए । सिंगापुरका विजृ अएर र सेन अग्रवाल बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । सिंगापुरलाइ सस्तैमा समेट्ने क्रममा नेपाली क्याप्टेन सन्दिप लामिछानेले ५ विकेट, सहवव अालमले ३ तथा किशोर महतोले २ विकेट लिएका थिए
त्यस्तै नेपाली व्याटिङ्को क्रममा रन बन्ने र विकेट जाने क्रम तिब्र गतिमा भयो । नेपालका व्याट्सम्यानहरू सन्दिप सुनार ९ बलमा १ रन बनाएर अाउट भए भने अर्का अोपनर अाशिफ सेख ५ बल खेल्दै ४ रन बनाएर अाउट भए । त्यस्तै प्रनित थापा मगरले २६ बल खेल्दै २३ रन बनाए भने अाक्रामक व्याट्सम्यान दिपेन्द्र सिंह एैरी १२ बलमा २ रन बनाएर पेभेलिएन फर्किए । अनिल शाहले २२ बलमा १९ रन बनाए भने प्रकाश केसिले ६ रन बनाए त्यस्तै नटअाउट रहदै रोहित कुवरले ११ रन तथा पवन श्राफले ४ रनको योगदान दिए । ७ रन नेपालले उपहारको रूपमा पाएको थियो ।


Live Score

1 comment: