Sunday, August 14, 2011

प्रधानमन्त्री खनालको उपलब्धिहिन कार्यकाल

-राजन घिमिरे
शपथ ग्रहण गरेको महिना दिन पछि आईतवार राती राष्ट्रपति कार्यालयमा राष्ट्रपती रामवरण यादवलाई प्रधानमन्त्री झलनाथ खनालले राजीनामा बुझाएका छन् उनले जुन रुपमा कार्यभार पुरा गर्ने उद्देश्यले प्रधानमन्त्री बनेका थिए त्यो कार्यभार पुरा नगरि प्रधानमन्त्री पदवाट राजीनामा गरेका हुन् अव अर्को मन्त्रीमण्डल गठन नभएसम्मको लागि झलनाथ नेतृत्वको मन्त्रीपरिषदले कार्य संचालन गर्नेछ
प्रधानमन्त्री झलनाथ खनालको ६ महिनाको कार्यकाल केही उपलब्धि हासिल गर्न नसकि नै बित्यो । माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका झलनाथ खनालले प्रधानमन्त्रीहरुको फोटोमा अर्को एउटा फोटो थप्ने भन्दा केहि उपलब्धिपूर्ण काम गर्न सकेनन् । उनको कार्यकालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महत्व राख्ने कुनै खास काम भएन । आफ्नै पार्टी र विपक्षी पार्टीहरुवाट आलोचना खेप्दै आएका प्रधानमन्त्री खनालले केही समयअघि माओवादी र मधेशी जनअधिकार फोरमका केही मन्त्रीलाई सफतग्रहण गराएपछि त उनलाई पार्टीमा कारवाही गर्ने चर्चा नै चल्यो । उनले यो आलोचना खेप्न नसकि प्रधानमन्त्रीबाट राजीनामा दिएपछि आफ्नो पार्टीको बैठकमा उपस्थित हुने समेत निर्णय समेत गरे र अन्त्यमा आफूलाई समर्थन गरेको माओवादीले नै पूर्ण रुपमा सहयोग नगर्नु पनि खनालको राजीनामाको अर्को कारण रहन गएको विश्लेषकहरु बताउँछन् । खनाल आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको बहिरगमनपछि प्रधानमन्त्री बनेका थिए । माधवकुमार नेपाल प्रधानमन्त्री रहदाँ खनाल पक्षले सहयोग नगरेको र उनको राजीनामा माग्ने काम एमालेबाटै भएकाले पनि अहिले नेपाल-ओली पक्षले खनाललाई सहयोग नगरेको हुनसक्ने राजनीतिज्ञहरुले बताउने गरेका छन् । उनले अन्त्यमा भने पाँच बुदे सहमतिको कार्यान्वय गरेर सहमतिको कार्यान्वयन गरेका छन् । त्यसैले उनको कार्यकाल आफ्नै लागि र समग्र देशका लागि त्यति खुःखद भने हुन सकेन ।

No comments:

Post a Comment