
एएफसी
यु २३ च्याम्पियनसिप छनैटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण अभ्यास
खेल खेलेको हो । पहिलो हाफमा गोल गरेपनि नेपालको खेल स्तरीय भने रहेन । हाफ टाइम
पहिल्यै स्ट्राइकर घर्तीमगर चोटग्रस्त हुँदै मैदानबाट बाहिरिए । उनको चोट सामान्य
भएपनि हामीले रिक्स लिएनै नेपाली प्रशिक्षक राजुकाजी शाक्यले भने । बिमल
बाहिरिएपछि केही समय वंगलादेश देलमा हाबी भएको थियो ।दोस्रो हाफमा नेपालले राम्रो अवसर सृजना गरेपनि थप गोल
गर्न सकेन । नेपालको खेल पहिलो पहिलो हाफको तुलनामा केही रामो रहेपनि समग्रमा खेल
मध्यम रह्यो नेपाली प्रशिक्षक शाक्यले टिमले राम्रो खेलेको तथा जित हासिल गरेको
भएपनि शनिबारदेखि सुरू हुने एएफसी अण्डर २३ छनैट प्रतियोगिताका लागि यो प्रदर्शन
पर्याप्त नरहेको स्वीकारे । अभ्यास
खेल नपुगेकोबारे नेपाली कप्तान बिमलले पनि गुनासो गरे । ‘ठूलो प्रतियोगिताअघि
धेरैभन्दा धेरै अभ्यास खेल्नुपर्ने हो’, बिमलले भने, ‘तर एकमात्र अभ्यास खेल भयो, बंगलादेश भन्दा राम्रो
टिमहरूसँग २/३ म्याच खेल्नपाएको भए अझै राम्रो हुन्थ्यो ।’
No comments:
Post a Comment