Thursday, October 20, 2011

अपदस्त शासक कर्णेल गद्दाफि मारिए

चारदशक लामो शासनको मृत्युसंगै अन्त्य :





लिवियाका
अपदस्त शासक कर्णेल मुअम्मार विहिवार आफ्नै गृहनगरमा मारिएका छन् यसको घोषणा लिवियाका अन्तरिम सरकार प्रमुख महम्मुद जिबि्रलले गरेका हुन् अन्तरिम सरकारका अनुसार नेटोको युद्धक विमानले उनि चढेको गाडिमा आक्रमण गर्दा उनी भागेको भाग्दै गर्दा नेटो सेनाको आक्रमणमा परि उनको मृत्यु भएको घोषणा गरेको
सन् १९४२ जुन ७ मा जन्मिए गद्दाफि सानै उमेरदेखि षड्यन्त्र बनाउन माहिर रहेको मानिन्छ । सन् १९६९ सेप्टेमवरमा लिवियाका राजा इदि्रस उपचारका क्रममा टर्कि गएका बेला रत्तपात विहिन कर्णेल गद्दाफिले सत्ता हत्याएका थिए । उनि राजपरिवार विनाका सबैभन्दा धेरै समय शासन गर्ने मध्येमा पर्छन उनले ४१ वर्ष शासन गरे । उनको शासन हटाउन अहिलेको लिवियाली अन्तरीम सरकारलाई हम्मे हम्मे परेको थियो । उनले आफ्नो छोरा र नाती गुमाउदा पनि शत्ता त्याग गरेका थिएनन् ।
गद्दाफि मारिएकोबारे भिन्न-भिन्न समाचारहरु बाहिर आइरहेका छन् । उनि घाइते भएर मरेका हुन या हिरासतमा मारिएको हो भन्ने विषयमा स्पष्ट जानकारी अझै आउँन सकेको छैन । उनलाई लिवियाली अन्तरीम सरकारका सेनाले नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको केहीले अनुमान गरेका छन् । अन्तरीम सरकारका लडाकुहरुले गद्दाफि ढलमा लुकेर बसेको अवस्थामा आफुहरुले देखेको र उनले आफूलाई नमार्न अनुरोध गरेको तर आफूले गाली हानी उनलाई मारिदिएको उनिहरुले बताएका छन् ।
गद्दाफि मारिएकोमा खुसीयाली

लिवियाका अपदस्त शासक कर्णेल मुअम्मार गद्दाफी मारिएकोमा विश्वभर खुसीयाली मनाइएको छ । विशेषगरी लिविया र नेटो सम्वद्ध राष्ट्रहरुमा खुसीको सिमा नै नभएको वताइएको छ । उनिहरुले एक युगको अन्त्य र तानाशाही तन्त्र सिद्धिएको छ र गद्दाफि पिडित सबैलाई सम्झने दिन आएको छ- बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले भने ।

No comments:

Post a Comment