Wednesday, October 19, 2011

बादरले चक्काजाम गरिदिएपछि

बुधबार बिहानै थापाथलिको ट्राफिक व्यवस्था अस्तव्यस्त थियो नत त्यहाँ कुनै मानिसलाई गाडिले हानेर चक्काजाम भएको थियो नत ट्राफिक चेकिङले त्यहाँ चक्काजाम गरेका थिए बादरहरुले बानेश्वारबाट कुपन्डोलतिर जादै गरेको एक बाइकको ठक्करले बाटोमा बारको मृत्यु भएपछि ४०/४५ बादरको हुल त्यसप्रति शोक व्यक्त गर्न बाटोमै जम्मा हुँदा ट्राफिक जाम भएको हो पहिला ट्राफिक प्रहरीले बादर हुन हटिहाल्छन नी भनेर वास्ता गरेन तर पछि बादर हट्ने संकेत नदेखेपछि बादर हटाउन खोज्दा बादरले उल्टै आक्रमण नै गर्यो यसले पछि ट्राफिक महासाखामा तहत्का नै मच्यायो यहाँ कार्यरत कर्मचारीका अनुसार बादरले कुनै शोकमा यसरी ट्राफिक जाम गरेको पहिलो नैलो कुरा भएको बताए बादर विशेषज्ञका अनुसार यी बादरहरु यस्तो शोकव्यक्त गर्न सड्कमै दीनभर पनि बस्ने गर्छन उनीहरुमाथि आक्रमण गर्ने गाडी वा मानिस भेटाएमा उनिहरुले तुरुन्तै संकेत गरी आक्रमण गर्ने गर्दछन्

No comments:

Post a Comment