Saturday, July 15, 2017

कोरीयामा बढ्यो तलब

कोरियामा २०१८ पछिको न्यूनतम तलब प्रतिघन्टा ६.६४ डलर हुने भएको छ । कम्पनी मजदुर, र सरकार सम्मिलित ज्याला निर्धारण समितिले न्यूनतम तलब प्रतिघण्टा ७५२० वन निर्धारण गरेको हो । गतवर्षको भन्दा यो तलब १६.४% ले बढी रहेको छ २०१७ मा कोरियामा कामदारको न्यूयतम तलब प्रतिघन्टा ६४७० वन रहेको थियो ।न्यूनतम तलबको विषयमा कामदार, रोजगारदाता र सरकार तीन महिनादेखि छलफलमा थिए । कामदारहरूले न्यूनतम ज्याला प्रतिघण्टा १० हजार माग गरेपनि ७५२० वनमा सहमति भएको हो । 

No comments:

Post a Comment