Sunday, August 21, 2011

इपिएस नतिजा प्रकासित १५ हजार पास

दक्षिण कोरियामा रोजगारीका लागि भएको इपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । जम्मा परिक्षार्थिमध्ये १५ हजार २९८ जना उत्तीर्ण भएका छन्।

ती मध्ये १३ हजार २९८ जना उत्पादनमूलकमा र बाँकी २ हजार जना कृषि क्षेत्रका लागि छनौट भएका हुन्। कोरिया जान यो वर्ष ५० हजार ४३ जना भाषा परीक्षामा सहभागी भएका थिए।

नेपाली कामदारको अनुशासन, कडा परिश्रम र परीक्षा प्रणालीमा गरेको सुधारको प्रशंसा गर्दै कोरियाले पहिले घोषणा गरेभन्दा दोब्बर बढी कामदार लैजाने भएको हो। कोरियाले यस वर्ष सुरुमा सात हजार एक सय जना नेपालीलाई लैजाने घोषणा गरेको थियो। सरकारले कोटा बढाउन आग्रह गरेपछि तीन हजार थप्न सहमत भएको थियो।

No comments:

Post a Comment