Wednesday, August 24, 2011

राजनीतिले विगारेको देश

-राजन घिमिरे (विचार)
देशमा जति बेलासम्म संक्रमणकाल रहिरहन्छ त्यतिबेला सम्म स्थिर शान्ति राजनीतिक स्थिरता विधिको शासन कायम हुन सक्दैन । यसको उदहारण अहिलेको नेपालको राजनीतिक अवस्थालाई लिन सकिन्छ । समग्र देशको विकासको तगारो बनेर बसेको राजनीति प्रायजसो असहमति र अस्थिरतामै चलिरहेको छ । नेताहरु देशको विकासमा लागेको जनताले पटक्कै महसुस गर्न सकेका छैनन् । महङ्गि दिन प्रतिदिन तिब्र रुपले बढी रहेको छ यसले गरीबको ढाड सेकी नै रहेको छ । यसलाई निराकरण गर्नुको सट्टा सरकार महंगिलाई नै बढावा दिइरहेको महसुस हुनज थालेको छ । नेताहरुले विकासको नाममा आफ्नो खल्ति भर्ने काम गर्नाले देशले बिकासको फड्को मार्न सकेको छैन । केहि बर्ष पहिला हामीसँगैका देशहरु अहिले विकास निर्माणमा कुन उचाईमा पुगिसके हामिले सहजै हेर्न सक्छौं । त्यो उचाईमा पुग्न हामीलाई अव कैयौं वर्ष अवश्य नै लाग्नेछ । नेपालका राजनीतिक दलहरु मिल्नुको साटो एक अर्काको खुट्टा तान्ने काम मात्र गरिरहन्छन् । पार्टी भित्रको अन्तरकलह र पार्टी पार्टी बिचको कलह सत्ता राजनीति मै घुमिरहेको हुन्छ । अहिले देशलाई राजनेताको अवश्यकता छ कोहीपनि राजनेता बन्न सकेका छैनन् । सबै आफ्नो स्वार्थमा लिप्त छन् । यसले हाम्रो र भावि पुस्ताको भविश्य के हुने चिन्ताको विषय बनेर रहेको छ । अहिलेका ठूला राजनीतिक दलहरु नेकपा माओवादी नेपाली कांग्रेस नेकपा एमाले र मधेशवादी दलहरुले जनताको मन जित्ने खालका कार्यक्रम ल्याउनु पर्ने हो तर त्यो हुन सकिरहेको अवस्था छैन ।
जनताले जुन आशा र आकांक्षाका साथ राजनीतिक दलहरुलाई संविधानसभाको चुनाव मार्फत संविधानसभामा पुर् याए तर जनताको आकाक्षा अनुरुप राजनीतिक दलहरुले काम गर्न त सकेनन सकेनन् आफैले तोकेको दुई वर्षको समय सिमामा अझ एक वर्षको समय थपेर पनि केहि उपलब्धि हात पार्न सकेनन । थपिएको एक वर्षमा संविधान निर्माण हुने र शान्ति प्रकि्रया टुङ्गोमा पुग्ने जनतालाई आशा थियो यसमा तुषारापात भयो र दोस्रो पटक संविधान सभाको समयावधि थपियो । थपिएको समय सिमामा जनतामा भएको आशा पनि हराएर गएको छ । राजनीतिक दलहरुले अहिले थपिएको तिन महिनाको अवधि सकिन लागेको छ । यस अवधिमा राजनीतिक दलहरुले संविधानसभालाई संविधान निर्माणमा उपयोग गर्नुको सट्टा सरकार गिराउने र सरकार निर्माण गर्ने थलोको रुपमा मात्र परिचित गराएका छन् । यसले दलहरु अव जनता सामु जानसक्ने कुनै आधार बाकि राखेका छैनन् ।
नेपालमा बेरोजगारी समस्या धेरै जटिल बनेर रहेको छ । यसको उदाहरणको रुपमा केही समय अघि कोरीयाले खुलाएको सात हजार जतिको कोटामा ५३ हजारको आवेद पर्नुलाई पनि लिन सकिन्छ । देशमा रोजगारीको सृजना हुनुको सट्टा राजनीतिक अस्थिरताले भएका कल कारखानाहरु पनि बन्द भइरहेका छन् । यसले युवाहरुलाई विदेशीनुको विकल्प दिएको छैन । नेपाली श्रम विदेशीले सस्तो मोलमा उपयोग गरिरहेको छ तर हामी नेपालीले आफैसँग भएको श्रमलाई उपयोग गर्न नसक्दा देशले विकासको फड्को मार्न सकिरहेको छैन । खाडि मुलुकहरुमा हाम्रा नेपाली लाखौं युवाहरु कौडिको मुल्यमा आफ्नो श्रमलाई सुम्पन बाध्य हुनुको कारण पनि राजनीति नै हो । यदि सरकारले यथेष्ट मात्रामा रोजगारीको सृजना गर्न सकेमा कसैलाई पनि विदेशिनुपर्ने वाध्यता आउदैन । यसमा केही मात्रामा हामीहरुको कमजोरी नरहेका पनि होइनन । हामी विदेशी भूमिमा जस्तोसुकै काम गर्न तयार हुँछौं तर यहि नेपाली भूमिमा हामिलाई सानो कामलाई इज्जत र प्रतिष्ठासँग जोडिएर हेरिन्छ । हामिले बुझ्नुपर्छ काम कुनै पनि सानोठूलो हुँदैन । हामीले उदाहरणको रुपमा नुवाकोटका व्राह्रमण युवाहरुले मलेसियाबाट फर्केर आफ्नै गाउँमा बंगुर पालन गरी अहिले मासिक लाखौं आम्दानी गरिरहेका छन् । यस्ता खालका रोजगारी सृजना हामी आफैले पनि गर्न सक्छौं तर हामीलाई विदेश मोह नै बढि रहेको छ ।
हामी आफैले भन्ने गरेको शब्द हामी दुई ढुङ्गा बिचको तरुल होइन हामी दुई ढुङ्गा बिचको डाइमन हौं अहिलेको अवस्थाले यसलाई इन्कार गरेको छ । देशमा विदेशी हस्तक्षेप बढदो छ चाहे छिमेकी देश चिनकॊ होस या भारतको । हामी आफैमा स्वतन्त्र छौं हामीलाई कसैको हस्तक्षेप वा दासत्व स्विकार्य छैन । हाम्रा पुर्खाहरुले यही पहिचान दिलाएर गएका छन् र अहिले हामिले गोर्खाली भनेर ठाडो शिर बनाएर बाच्न सकेका छौं । तर हाम्रा राजनीतिक नेताहरुले चिन या भारतलाई आफ्नो मक्का मदिना ठान्नाले गर्नाले नेपाली राजनीतिमा नचाहेर पनि नेपाली नेताकै कारण विदेशी हस्तक्षेप भइरहेको हामी अनुमान गर्न सक्छौ । यहाँ प्रधानमन्त्रीको चुनाव चलिरहदा भारत या चिनवाट प्रतिनिधि आइरहेका हुन्छन् । सरकार गठनको लागि विदेशवाट संसद किन्न पैसा झिकाइएका हल्ला पनि चलेकै हुन्छन् । यसो किन हामी के आफ्नो काम आफै गर्न सक्षम छैनौ या उनिहरुको सहयोग नलिदा हाम्रो सरकाकारको भर नै हुदैन र हो यो सोचनिय विषय बनेर रहेको छ । अहिले अर्को विषय चर्चामा रहेको छ । लुम्विनिको विकासमा चिनिया संस्थाको सहयोग । यो कुरा साचो हो र उनिहरुले लुम्विनिको विकास गर्न नै चाहेका हुन भने हामिहरुले उनिहरुलाई सहर्ष स्विकार गर्नुपर्छ । होइन उनिहरु लुम्विनि र बुद्धको नाममा राजनीति गर्न मात्र चाहेका हुन भने हामी होसियार पनि हुनुपर्दछ । हामीले काम गर्न सके हुन्छ स्रोत र साधनको कमि छैन तर हाम्रो मानसिकता नै यस्तो अवस्थामा आइसक्यो कि हामि विदेशी सहयोग बिना केही काम पनि गर्न सक्दैनौं ।
हामी प्राकृतिक रुपमा आफैमा धनि छौं विश्वका अन्य ठाउँमा नभएका सम्पदा हामीकहाँ छ । हामी विश्वमा अलग पहिचान वोकेर बसेका छौं हामिले यसको उपयोग भरपुर मात्रामा गर्न सकिरहेको अवस्था छैन । यसको कारण पनि राजनीतिलाई दिदा कुनै अप्ठ्यारो मान्नु पर्दैन । विश्वको सर्वोच्च शिखर सगरमाथा बुद्धको जन्मस्थल लुम्विनी लगायतका ठाउँ हामीकोमा छन् यसले नेपालको विकासमा ठूलो सहयोग गर्न सक्थ्यो तर यसो हुन सकिरहेको छैन । हामीले अहिले पर्यटन वर्ष २०११ मनाइरहेका छौं । पर्यटन वर्ष २०११ मा हामीले १० लाख पर्यटक भित्र्याउने लक्ष्य पनि लिएका छौं तर नेपालको राजनीतिक अस्थिरताले यो सहजै पूरा हुने अवस्था छैन । त्यसैले समग्र देशको विकासको वाधक बनेर बसेको राजनीतिले अव संविधान निर्माण शान्ति प्रकृया टुङ्गग्याउने र समग्र देशको विकासलाई अगाडि बढाउने कार्य गरेमात्र नेपाली जनताको मन जित्न सकिनेछ । नत्र इतिहासको पानामा कलंक बनेर बस्नेछ ।

No comments:

Post a Comment