Sunday, March 25, 2012

असफल खेलाडी की संरचना ?

नयाँ नेपाल, नयाँ संविधान, शान्ति प्रकृया सबै अहिलेका चल्तिका कुरा हुन । तर यी तिनै विषयले ठोस र मूर्त रुप लिन भने सकेको देखिदैन । यसैको पीडा अहिले हामीले भोगीरहेका छौ । गएको केही समय राजनीतिले मात्र होइन खेलकुदले पनि देशको माहोल तातो बानायो र त्यसको राप अहिलेसम्म पनि केही मात्रामा रहेको छ । खेलकुदले पनि राजनीतिले जस्तै पीडा मात्र दियो, खुःसी दिन सकेन । नेपालका लागि सफल प्रशिक्षक कहलिएका बेलायति टोट्नह्याम क्लवका पूर्व कप्तान ग्राह्मस रोवर्टले नेपाली टीम कम्तिमा पनि सेमिफाइनलसम्म पुग्ने नेपाली सञ्चारका माध्यमहरुमा दिइरहेका अभिव्यक्तिले पनि नेपाली दर्शकलाई नेपाली खेलाडिको औकात भन्दा वढि अपेक्षा गरेको देखिन्छ । विश्वकप छनोट भरणको खेलमा जोर्डनसँग ठूलो अन्तर्रको पराजयको पीडा आफ्नै घरेलु भूमीमा प्रर्दशीत खेलले भुलाउन सफल भएका नेपाली खेलाडीले साफ च्याम्पिएनसिपमा सेमिफाइनलबाटै बाहिरिनुपरेको पीडा च्यालेन्ज कपमा भुलाउन सकेनन्, झन पीडा थप्ने मात्र काम गरे । नेपाली खेलाडीहरुले आफ्नै देशमा भएको च्यालेन्जकपको फाइदा उठाउन सक्नुपथ्यो तर त्यसो हुन सकेन । लामो तयारी र राम्रो व्यवस्थापनका बाबजुत पनि नेपाली टिम किन सफल हुन सकेनत ? यो प्रश्न सर्वत्र उठिरहेको प्रश्न हो । नेपाली टिममा रहेका कमस्याहरु के–के हुन् ? उनिहरु फिजिकल, मानसिक वा शारिरीक रुपमा के मा कमजोर रहेका छन् ? यी लगायतका कुराहरुको खोजी गरीनु पर्दछ । राष्ट्र अर्थात देशको जर्सी लगायर खेल्न पाउँदा खेलाडीहरुले देशको अघोषित राजदुतहरुको काम गरिरहेका हुन्छन् । त्यसैले देशको प्रतिनिधित्व गरेको व्यक्तिले देशलाई केही दिन सक्नुपर्छ । नेपाली फुटवल अहिले अर्धव्यवसायीक मोडमा हिडिरहेको छ । खेलाडीहरुले मासिक १ लाखको हाराहारीमा पारिश्रमिक पाउँन थालेका छन् । यस्तो अवस्थामा कतै खेलाडीहरुले राष्ट्रको जर्सी लगायत खेल्दा आफूलाई केही फइदा नहुने त सोचेका हैनन् । हैन भने फरवार्डहरुले १४–१५ वटा गेमसम्म गोल गर्न नसक्नुको कारण के हो ? उनिहरु असफल नै हुन त ? ठूला–ठूला सफल क्लवहरुबाट खेल्ने खेलाडीहरु पनि राष्ट्र बाट खेल्न पाउँदा आफूलाई गौरवान्वित ठान्दछन् भने नेपाली खेलाडीले राष्ट्रलाई उपेक्षा गर्न थालेभने आफ्नै करियर विगार्ने सिवाय केही हुनेछैन ।
Rajan-

No comments:

Post a Comment