Sunday, November 20, 2011

क्लवहरुलाई खेलाडी भित्र्याउने रन्को



राष्ट्रिय लिगलाई लक्षित गरि विभिन्न क्लवहरुले खेलाडी भित्र्याउने सुरसार कसेका छन् । राष्ट्रिय लिग पुष २ गते बाट काठमाडौं बाहिर मोफसलमा गर्ने एन्फाले निर्णय गरिसकेको छ । यसैक्रममा हिमालयन सेर्पा क्लवले कोरीयाली २ जना खेलाडी राष्ट्रिय लिगको लागि ल्याउने निर्णय गरेसँगै मनाङ्ग मस्याङ्गदी क्लवले पनि जापानी मिडफिल्डर डन इटोलाई भित्र्याउने सम्झौता गरेको छ । उनलाई एक महिना क्लवको ट्रायलमा राखी उनको पारिश्रमिक निर्धारण गर्ने क्लवका अध्यक्ष तासि घलेले बताउनु भयो । उनि भारत अष्ट्रेलिया भियतनाम थाइल्यान्ड ब्रुनाई मकाउ हङकङ लगायत विभिन्न क्लवबाट खेलिसकेको मनाङ्गले ब्राजिलियन र क्यामरुन खेलाडी पनि भित्र्याउन पहल गरिरहेको छ । गत सिजन ए डिभिजनको खेलमा पुलीसले उपाधि चुमेको थियो । तर पुलिस मनाङ्ग मस्याङ्गदी कल्वसंग भने चुकेको थियो । अहिले सबै क्वल राष्ट्रिय लिग जित्न कम्मर कसेर लागेका छन् । अहिले मनाङ्गका आठ खेलाडी राष्ट्रिय टिमको प्रशिक्षणमा छन् ।

No comments:

Post a Comment